आशुतोष बने बाग्मतीबाट शतक बनाउने दोस्रो खेलाडी

 माघ ५, २०८० शुक्रबार १२:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशसँगकाे खेलमा बाग्मती प्रदेशका ओपनर ब्याटर आशुताेष घिरैयाले शतक बनाएका छन् ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा आशुताेषले ९९ बलमा शतक प्रहार गरे । उनी १ सय ११ बलमा १ सय १८ रन बनाएर आउट भए । याे उनकाे करिअरकाे पहिलाे शतक हाे ।

आशुताेष प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती प्रदेशबाट शतक बनाउने दाेस्राे खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१९ काे संस्करणमा ज्ञानेन्द्र मल्लले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबसँगकाे खेलमा शतक बनाएका थिए ।

याे समाचार तयार पार्दासम्म बाग्मतीले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ३० रन बनाएकाे छ । बाग्मती ४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । काेशी लगातार ४ खेलमा हार बेहाेर्दै तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया