प्रधानमन्त्री कप : गण्डकी र काेशी तथा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै

 माघ ७, २०८० आइतबार ८:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ ।

गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा छ । पाँचै खेल हारेको कोशी प्रदेश पुछारमा रहेको छ । नेपाल पुलिस क्लब आफ्ना दुवै खेल जितेर चार अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब आफ्ना तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ । अहिलसम्म खेलेका तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको पहिलो र पाँचमध्ये तीन खेल जितेको बाग्मती प्रदेश दोस्रो स्थानमा छ । पाँचमध्ये तीन खेल जितेको मधेस प्रदेश रन रेटको आधारमा तेस्रो स्थानमा छ ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ ।   

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया