चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे खेलमा नेपालले अहिले न्युजिल्यान्डसँग खेलिरहेकाे छ । अहिले नेपालले बलिङ गरिरहेकाे छ ।
दक्षिण अफ्रिकामा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे । याे समाचार तयार पार्दासम्म न्युजिल्यान्डले १५ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएकाे छ । नेपाललाई स्पिनर सुवास भण्डारीले पहिलाे सफलता दिलाए । उनले लुक वाट्सनकाे विकेट लिए । यस्तै तिलक भण्डारीले टम जाेन्स र दिपेश कँडेलले ओलिभर तेवतियाकाे विकेट लिए ।
यसअघि नेपाल र न्युजिल्यान्डबीच २ पटक भेट हुँदा दुवै खेल नेपालले जितेको थियो । नेपालले न्युजिल्यान्डलाई सन् २००६ मा ३२ रन र सन् २००६ मा १ विकेटले हराएको थियो ।
नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।