चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - पहाडी भेगका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज गण्डकी, कोशी र कर्णाली प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना छ ।
हिजो पनि गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । हिजो काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो । तर आज काठमाण्डौ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यस्तै, देशका सबै ठाउँमा एकैपटक पानी पर्ने सम्भावना पनि तत्काल नरहेको उहाँले बताउनु भयो ।
हिजो सिन्धुपाल्चोक, दोलखा, लमजुङ, मनाङ, म्याग्दी, ताप्लेजुङ र गोरखाका उच्च पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात भएको थियो । आज पनि कोशी, बाग्मती, गण्डकी प्रदेशकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रधानाङ्गले बताउनु भयो ।
यस्तै, तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केहीदिन नहट्ने मौसमविद्ले बताएका छन् । तराईका कुनै-कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ । बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।
सडकमा गाडीहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् । बाक्लो हुुस्सु र शीतलहरका कारण तराईका बासिन्दालाई घरबाहिर निस्कन पनि गाह्रो हुने गरेको छ । केही पालिकाहरुले दाउरा बाँडेर आगो ताप्ने व्यवस्था गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।