नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – गएको वर्ष नेपालमा दुई हजार दुई सय २५ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन् । पछिल्लो समय वर्षमा औषत दुई हजार दुई सय जना कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकामा गएको वर्ष दुई हजार दुई सय २५ जना नयाँ बिरामी भेटिएका स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले जनाएको छ ।
विश्व स्वास्थ्य संङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश भनेर घोषणा गरेको थियो । सरकारले सन् २०३० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तर अझै पनि कुष्ठरोगका बिरामी भेटिने क्रम धेरै रहेकोले त्यो लक्ष्य कठिन बन्दै गएको विज्ञहरु बताउँछन् ।
उपचार गरे निको हुन्छ भन्ने जानकारीसँगै रोग लुकाउने क्रम घट्दै गएको छ । कुष्ठरोग माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ ।
रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । आज देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज यो दिवस मनाइदै गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।