इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
इरानको प्रमुख बन्दरगाहमध्ये एक शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ७ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
हिजो दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा विस्फोट भएको थियो । विस्फोटबाट नजिकै रहेका भवनहरूको झ्याल र छाना तथा केही सङ्ख्यामा गाडीहरू क्षति भएका छन् ।
विस्फोटको कारण खुलिसकेको छैन । बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इरानी सुरक्षा टोलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको छ । राष्ट्रपति मसउद पेसेश्कियानले घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।