हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि शून्य

 माघ १९, २०८० शुक्रबार १८:२०:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर –  कोइला अभाव भएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ ।

सिमेन्ट उत्पादन नभएपछि सरकारको स्वामित्वमा सञ्चालित उद्योगका प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । दैनिक सात सय पचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ ।

बितेको चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत किन्न समस्या भइरहेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान भएको थियो । गएको आर्थिक वर्षमा मात्र २३ करोड ५५ लाख रुपैयाँ नोक्सान भएको थियो । उद्योगमा अहिले ज्यालादारी तथा स्थायी गरी झन्डै तीन सय जना कर्मचारी कार्यरत छन् ।

हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋद्धिसिद्ध सिमेन्ट उद्योगले भने सिमेन्ट उत्पादन गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया