एसियन कप फुटबलको फाइनलमा पुग्न आज कतार र इरान खेल्दै

 माघ २४, २०८० बुधबार १३:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप फुटबलको फाइनलमा पुग्न आज आयोजक तथा साविक विजेता टोली कतार र इरान खेल्दैछन् ।

दोस्रो सेमिफाइनलको खेल अल थुमामा मैदानमा नेपाली समयअनुसार राति पौने ९ बजे शुरु हुनेछ । आजको विजेता टोलीले उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

क्वाटरफाइनलमा कतारले उज्वेकिस्तान र इरानले जापानलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण कोरियालाई २ गोलले हराउँदै जोर्डन पहिलो पटक उपाधि नजिकै पुगेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया