अफ्रिकन स्वाइन फिभर : गण्डकी प्रदेशका चार वटा जिल्लामा एक सय १२ बङ्गुर मरे

 फागुन १, २०८० मंगलबार ९:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको हो । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १३ गरी कुल एक सय १२ बङ्गुर मरेको विवरण छ । 

सङ्क्रमण फैलिँदै जाँदा ठूला÷साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईँ भट्टराईले बताउनुभयो । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ ।

अफ्रिकन स्वाइन फिभर सङ्क्रामक रोग हो । अहिलेसम्म यसको रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्ध छैन । गण्डकी प्रदेशमा गएको वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले रोगका कारण किसानले झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भोग्नुपरेको छ ।

सुँगुर/बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बङ्गुर, बँदेल प्रजातिको सम्पर्कबाट ती प्रजातिका पशुमा फैलिने गर्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठका अनुसार रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्नेजस्ता लक्षण देखिन्छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया