‘भ्यालेन्टाइन डे’ लक्षित फुड फेस्टिवलका कारण सौराहाका होटल भरिभराउ‘

 फागुन १, २०८० मंगलबार १२:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेस्टिवलका कारण चितवनको सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेस्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि व्यवसायी समेत उत्साहित भएका छन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहामा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना महामारीलगायत कारण पर्यटन क्षेत्र केही सुस्ताएको थियो । विगतको तुलनामा पछिल्लो समय पर्यटकीय गतिविधि र पर्यटक बढ्न थालेका छन् ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा अहिले फुड फेस्टिवल चलिरहेको छ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो ।

रेवान सौराहाका अध्यक्ष धुव्र गिरीका अनुसार यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा उत्साह बढेको छ । अर्थतन्त्रको समस्याले आन्तरिक पर्यटकको सङ्ख्या कम हुन्छ कि भने चिन्ता रहेका बेलामा सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको उहाँको भनाइ छ । सौराहामा साना–ठूला गरी एक सय ४० भन्दा धेरै होटल छन् । फुड फेस्टिवल पर्सि फागुन ३ गतेसम्म चल्नेछ । भोलि प्रणय दिवस मनाइँंदैछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया