कपिलवस्तुमा भएकाे बस दुर्घटनामा ज्यान गुमाउने १० जनाकै परिचय खुल्याे

 फागुन ३, २०८० बिहीबार १२:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै नाम ठेगाना खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार ज्यान गुमाउनेमा ७ जना पुरुष र ३ जना महिला छन् । दुर्घटनामा रौतहटका नारायणबहादुर भण्डारी, कालीजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी, कञ्चनपुरका राहुलराम कामी र उमेश भण्डारीको ज्यान गएको पुष्टि भएको छ ।

त्यस्तै, कञ्चनपुरकै भीमदत्त नगरपालिका–१६ की सञ्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट,  भीमदत्त–९ का विसनदत्त भट्ट र पुनर्वासकी विमलादेवी भट्टको ज्यान गएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।

दुर्घटनामा भारत उत्तर प्रदेशका सकिल मुसलमानको पनि ज्यान गएको छ । महेन्द्रनगरबाट काठमाण्डाै जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको रात्रिबस सडकबाट तल खसेको थियो।

प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अरुको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया