फराकिलो काठमाण्डौ बनाउने बाटोमा छौँ : बालेन शाह

 फागुन ४, २०८० शुक्रबार ९:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) ले आफूहरू फराकिलो काठमाण्डाै बनाउने बाटोमा रहेको बताउनुभएको छ ।

काठमाण्डाैको खुलामञ्चमा खेलमैदान बनाउन लागिएको भन्ने समाचारको खण्डन गर्दै उहाँले सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको हो । उहाँले आफूहरूको चाहना खुलामञ्चसँगै टुँडिखेल पनि सधैँ खुला नै हुनुपर्ने रहेको बताउनुुभएको छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ : 'हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।' आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका झण्डै १० लाख किलो कङ्क्रिट हटाउने काम सकाएको उहाँको भनाइ छ ।

मेयर शाहले  खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रिया अघि बढिरहेको भन्दै त्यहाँ सबै जना जान पाउने, व्यायाम गर्न पाउने, साथीभाई भेटघाट गर्न पाउने व्यवस्था हुने बताउनुभयो ।

उहाँको फेसबुक स्टाटसमा 'खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन' भनेर लेखिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया