वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो

 फागुन ५, २०८० शनिबार १८:३:३८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको ज्यान गएको छ ।

रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताउनुभयो । नगरपालिकाका कर्मचारीले वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो ।

यो घटनापछि वडा नम्बर ७ का अध्यक्ष समीर कार्की पनि बेहोस हुनुभएको थियो । उहाँको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया