टिकटक र चाइल्ड सेफनेटले बालबालिका र युवाको डिजिटल सुरक्षाका...
मंसिर ८, २०८१ शनिबार
कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ ।
विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो । यस्तै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा नोभेम्बर १४ देखि १६ (कात्तिक २८ देखि ३० गते) सम्म तीनदिन कार्यक्रम गरिनेछ ।
कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्ने छन् । बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । ‘बुद्धबारे धेरैलाई थाहा भए पनि बौद्ध धर्मग्रन्थ त्रिपिटक देखेकै छैनन्’, भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले भन्नुभयो, ‘त्यसको महत्व बुझाउन पनि पाठ हुनु आवश्यक थियो ।’
‘पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा हो’, उहाँले भन्नुभयो, ‘अब त्यो गौरवलाई विश्वभरि फैलाउन लागेका छौं ।’
यसअघि यो कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो ।
‘यो कार्यक्रम नेपालमा पनि गर्नु पर्छ भन्ने लाग्यो’ अध्यक्ष मैत्री महअस्थवीरले भन्नुभयो, ‘उनीहरुलाई अनुरोध गरेर कार्यक्रम यहाँ पनि गर्न लागिएको हो । तर लाग्ने सबै खर्च र व्यवस्थापन हामीले आफैँ गर्नु पर्छ । ’ पहिलो दिन बिहान १० बजेदेखि सुरु हुने सत्रमा थाई भिक्षुहरुले त्रिपिटक पाठ गर्नेछन् । भोजन पछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक÷एक घण्टा पाठ गर्छन् ।
दोस्रो दिन ८ बजेदेखि पाठ सुरु हुन्छ । नेपालका महायनी संप्रदायले पाठ गर्छन् । १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन् । त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन् ।
तेस्रोदिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरू हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले पाठ गर्छन् । प्रत्येक दिन ५ बजे पाठ सकिएपछि २ घण्टा धर्मदेशना दिइनेछ । बौद्ध विद्वान, संघनायक र रिम्पोछेबाट धर्मदेशना दिने कार्यक्रम छ ।
‘यसले शान्ति र अध्यात्मिक चिन्तन बढाउँछ’ लुम्बिनी विकास कोषका कार्यवाहक सचिव सरोज भट्टराईले भन्नुभयो, ‘अध्यात्मिक पर्यटनको बढावा दिन्छ ।’ यहाँ भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको वसन्त्र जातक सुत्र पाठ गरिने छ । त्यस्तै शाक्य र कोलीयहरुबीच युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ ।
यहाँ पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरि सकिएको छ । कार्यक्रममा ४ सय विदेशी सहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७ सय सहभागी हुने बताइएको छ । कार्यक्रमका लागि करिब ३५ लाख लाग्ने रकम सबै स्थानीय सहयोगबाट उठाइएको छ । फूल सजावटका सामग्री रोयल थाई विहारले सहयोग गरेको छ । त्यस्तै टेण्ट र साउण्ड सिस्टम र कुर्सी लुम्बिनी विकास कोषले सहयोग गरेको छ । खाना र खाजाको व्यवस्था पनि लुम्बिनीका पर्यटन व्यवासायीले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।