पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – हिउँदयाम सकिन लाग्दा भएको केही वर्षा र हिमपातले किसानहरूलाई खुशी बनाएको भए पनि समग्रमा यस वर्षको हिउँद सुक्खा बनेको छ ।
मङ्सिर १५ देखि फागुन १५ गतेसम्मलाई हिउँदयाम मानिन्छ । यो तीन महिनामा औसतमा ६० मिलिमिटर पानी पर्नुपर्ने हो । तर यस वर्ष हिउँदयाम सकिन पाँच दिनमात्रै बाँकी रहँदा औसतको आधा वर्षा पनि भएको छैन । भएको वर्षा पनि हिउँदयामको अन्त्यतिर मात्रै भएको हो । हिउँदे खेतीपातीका लागि महत्त्वपूर्ण हुने मङ्सिर–पुसमा वर्षा निकै कम भयो ।
मौसम विज्ञान विभागका वरिष्ठ मौषमविद् विभूति पोखरेल पश्चिमी वायु आइरहे पनि सक्रिय नभएका कारण अपेक्षा गरेअनुसार पानी पर्न नसकेको बताउनुहुन्छ । पछिल्लो पाँच वर्षलाई हेर्ने हो भने हिउँदयाममा पानी पर्ने क्रम निरन्तर घट्दै गएको उहाँले बताउनुभयो । पछिल्लो वर्षमा हिउँदयाम कटेपछि मात्र पानी बढी पर्ने गरेकाले यस वर्ष पनि प्रि–मनसुनमा केही धेरै पानी पर्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।
वातावरणविज्ञ सनोत अधिकारी पछिल्ला केही वर्ष हिउँदयाममा पानी पर्ने क्रम बिस्तारै सुस्ताउँदै जाँदा पर्यावरणीय क्षेत्रमा नै असर पर्ने गरेको बताउनुहुन्छ । पर्याप्त मात्रामा हिउँ तथा हिउँदे वर्षा नहुँदा पानीका मुहानहरू पनि सुक्दै जाने खतरा हुन्छ भने वायु प्रदूषण, सुक्खाका कारण आगलागीको जोखिम लगायतका समस्या हुन्छ ।
हिउँदमा पानी पर्दा बोटविरुवाको प्रजनन क्षमता पनि बढ्छ । जसका कारण देशको कुल गार्हस्थ्य उत्पादनमा नै सकारात्क प्रभाव पर्दछ । तर पछिल्लो पाँच वर्षको हिउँदे वर्षाको तथ्याङ्क हेर्दा यसले देशकै कृषि क्षेत्रको उत्पादनमा पनि असर गरिरहेको वातावरणविज्ञ अधिकारीको भनाइ छ ।
यसैबीच पश्चिमी वायुको प्रभाव घट्दै जाँदा देशभरकै मौसम सफा हुँदै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।