युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइमा रत्नपार्क, घाम ताप्न र साथीभाइसँग गफिन ‘उपयुक्त’

 फागुन १६, २०८० बुधबार १५:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुनै बेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा चिनिने रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा झन्डै ८० लाख रुपैयाँको लागतमा पुनर्निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको अवस्था फेरिएको हो । अहिले रत्नापार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउनुहुन्छ । यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउनुहुन्छ ।

अहिले दैनिक सयौँको सङ्ख्यामा मानिसहरू रत्नपार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् । काठमाण्डौ महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा अहिले सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ ।

शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नपार्क) का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आर्थिक वर्षको फागुन १४ गतेसम्म ५७ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको बताउनुहुन्छ । रत्नपार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले २०, सर्वसाधारणले ३० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।

यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले एक सय, विदेशी पर्यटक जाँदा एक सय, दोहोरी गीत म्युजिक भिडियो छायाङ्कन गर्न जानुपरेमा पाँच हजार, विवाह फोटो सुटका लागि पाँच सय, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार पाँच सय र सांस्कृतिक पोसाक झल्काउन जानेले एक सय रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया