१६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप आजदेखि नेपालमा शुरु हुँदै

 फागुन १८, २०८० शुक्रबार १०:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप आजदेखि नेपालमा शुरु हुँदैछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन् ।  नेपाली १६ वर्षमुनिको महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङ हुनुहुन्छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो ।

सिंगल राउण्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र भुटान खेल्दैछन् । घरेलु टोली नेपालले पहिलो खेलमा भोलि बंगलादेशसँग खेल्दैछ । प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि हुनेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया