मोरङमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 फागुन १८, २०८० शुक्रबार १२:१७:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको गाडी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

दमकबाट तमोर करिडोरहुँदै फिदिम जाँदै गरेको जीपलाई टिपरले ठक्कर दिँदा झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई , ४४ वर्षीया दीपा खनाल र चालक विर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते हुनुभएको छ । उहाँहरुको विराटनगरमा रहेको  न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया