नेपालले बहराइनसँग दशरथ रङ्गशालामा खेल्न नपाउने

 फागुन १८, २०८० शुक्रबार १६:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

विश्वकप छनोटका खेल ‘होम’ र ‘अवे’ का आधारमा हुने नियममा छ । त्यहीअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो । तर मैदानकाे अवस्थाका कारण नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएकाे हाे ।

अब नेपाल र बहराइनले खेल्ने पहिलो लेगको ठाउँबारे छिट्टै जानकारी दिने एन्फाले जनाएको छ । केही हप्ताअघि एसियाली फुटबल महासङ्घ (एएफसी) को प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया