१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : भारतले भुटानलाई ७ गाेलले हरायाे

 फागुन १८, २०८० शुक्रबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ । एन्फा कम्प्लेक्स ललितपुरमा आज भएको उद्घाटन खेलमा भारतले भुटानलाई ७–० को फराकिलो अन्तरले हराएको छ ।

प्रतियोगितामा भोलि नेपालले बङ्गालदेशसँग खेल्नेछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्समा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् ।

नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया