त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्यान्ड्स खेल्दै

 फागुन १९, २०८० शनिबार ६:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा  हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो । नेपालको यो पहिलो जित हो । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो ।

यसअघि दुई खेल जितेको नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भएको नामिबिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । फाइनलमा पुग्ने बलियो आधार बनाउन नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ । अनि भोलि हुने नामिबिया र नेदरल्याण्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्छ । फाइनल खेल मंगलवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया