४ पटकको विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्ड कपको फाइनलमा

 फागुन २५, २०८० शुक्रबार १७:४४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चार पटकको विजेता आर्मीलाई १–० गोलले हरायो ।

आर्मी गएको संस्करणको विजेता पनि हो । एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो । नारी दिवसको अवसरमा आज आयोजकले महिलाले निःशुल्क खेल हेर्न पाउने व्यवस्था गरेको थियो ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया