नेपाल र हङकङ आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

 फागुन २६, २०८० शनिबार ९:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाली क्रिकेट टोली अहिले हङकङमा रहेको छ । त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीवार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तराष्ट्रिय शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुने छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया