सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 फागुन २६, २०८० शनिबार १२:३८:२७ | रासस
unn.prixa.net

काठमाण्डौ – सुनसरीको इटहरी उप–महानगरपालिका १२ खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतकहरु नाताले काका भतिजा हुन् ।

विराटनगरबाट इटहरीतर्फ गुडिरहेकाे प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई  प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया