बागलुङको ताराखोला गाउँपालिकाका महिलाले खोले गाउँमै ढाका उद्योग

 फागुन २९, २०८० मंगलबार १२:१२:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – बागलुङको ताराखोला गाउँपालिकाका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले सामूहिकरूपमा ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि ताराखोला –२ अर्गलका महिला सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । 

गएको वर्ष फागुनमा एक महिना तालिम लिएपछि सात लाख रुपैयाँ लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत सातजना महिलाले ढाकाको उद्योग सञ्चालन गरेको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताउनुभयो ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम शुरु गरिएको भन्दै अध्यक्ष दिलकुमारी घर्तीमगरले उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया