फाइनलमा पीएनजीले दियाे नेपाललाई १ सय ७२ रनकाे लक्ष्य

 फागुन ३०, २०८० बुधबार १३:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ । याे समाचार तयार पार्दासम्म नेपालले १ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया