रोनाल्डोको पेनाल्टी गोलमा अल नासरको जित

 चैत ३, २०८० शनिबार ७:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई हराएको छ । गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

घरेलु टोली अल अहलीका रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । रोनाल्डोको पेनाल्टी गोलमा अल नासर १–० ले विजयी भयो । दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अङ्क छ ।

शीर्षस्थानमा रहेको अल हिलालको २३ खेलमा ६५ अङ्क रहेको छ । प्रो लिगकै अर्को खेलमा अल ताई र अल इत्तिफाक तथा अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया