बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य हुँदैन : अर्थमन्त्री पुन

 चैत ३, २०८० शनिबार १४:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ पूरा गर्नका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिनुभएको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स र निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पुनले नेपालको बैंकिङ प्रणाली विश्वमै उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको दाबी समेत गर्नुभयो । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पुनले कुनै बैंकर्सले गल्ती गरेको भए कारबाही हुने पनि बताउनुभयो । तर आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाउँदै मन्त्री पुनले एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न नमिल्ने बताउनुभयो ।

मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने पनि दाबी गर्नुभयो । नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्यो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपर्ने अर्थमन्त्री पुनको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया