त्रिभुवन आर्मी क्लबले जित्यो कोशी प्रदेश ट्रफी टी–२० क्रिकेटको उपाधि

 चैत ३, २०८० शनिबार १६:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा मात्रै एक विकेट गुमाएर भेट्टायो । आर्मीका तृतराज दासले अर्धशतक बनाए । यस्तै इमरान शेखले ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले २७ र रवीन्द्र शाही तथा मनिष थापाले समान २१ रन बनाए । आर्मीका तृतराज दास, बसिर अहमद, शहाब आलम र सुमित श्रेष्ठले समान दुई विकेट लिए । मोरङ क्रिकेट संघले गरेको प्रतियोगितामा तीन विभागीय टोली र सात वटा प्रदेशका टोली सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया