आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु, आर्मी र पुलिसको बर्चस्व

 चैत ३, २०८० शनिबार १७:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि शुरु भएको छ । च्याम्पियनसिपको काठमाण्डौको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्नुभयो ।

आज महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा हरायो । यस्तै पुरुषतर्फ पनि नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० कै सेटमा पराजित गर्यो ।

अर्को खेलमा कोशीले ढोरपाटनलाई ३–१ को सेटमा र त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएको छ ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया