मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

 चैत ३, २०८० शनिबार १८:४९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।

एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेता एनआरटीले १० लाख रुपैयाँ र उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया