म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा : उल्भ्स कोभेन्ट्रीसँग पराजित

 चैत ४, २०८० आइतबार १०:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २ गोलले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो । सिटीका बर्नान्डो सिल्भाले खेलको १३ औँ र ३१ औँ मिनेटमा गोल गरे ।

अर्काे खेलमा कोभेन्ट्री सिटीले उल्भ्सलाई ३–२ गोलले हराएको छ । पहिलो हाफ गोलरहित भएको खेलमा सबै ५ गोल दोस्रो हाफमा भएका थिए । जितसँगै कोभेन्ट्री सेमिफाइनलमा पुगेको छ । एफए कपको क्वाटरफाइनलमा आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् ।

चेल्सी र लेस्टरको खेल नेपालीसमय अनुसार बेलुका साढे ६ बजे तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलको राति सवा ९ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया