आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने

 चैत ४, २०८० आइतबार १५:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल भारतमै हुने बताएको छ ।

भारतमा आमचुनावका कारण विभिन्न रिपोर्टहरूले आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने सम्भावित सुझाव दिएपछि बीसीसीआईको यस्तो स्पष्टीकरण आएको हो । बीसीसीआईका सचिव जय शाहले आईपीएलका सबै खेल भारतमै हुने बताएका क्रिकेटसम्बन्धी जानकारी दिने साइट क्रिकबजले जनाएको छ ।

भारतमा आमचुनावका कारण बीसीसीआईले अहिलेसम्म २१ वटा खेलको मात्र तालिका सार्वजनिक गरेको छ । भारतमा आउँदो अप्रिल १९ देखि जुन ४ सम्ममा सात वटा चरणमा गरी आमचुनाव हुँदैछ । आमचुनावको मिति घोषण भएसँगै बीसीसीआईले छिट्टै बाँकी खेलको तालिका सार्वजनिक गर्न सक्ने खबरमा उल्लेख छ ।

१७ औँ संस्करणको आईपीएल आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा गएकाे संस्करणकाे विजेता चेन्नई सुपर किङ्ग्स र राेलय च्यालेन्जर्स बेङ्गलाेरबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया