राष्ट्रिय भलिबल च्याम्पियनशिप : यी हुन् आज विजयी हुने टाेली

 चैत ४, २०८० आइतबार १८:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय क्लब एपीएफ र साविक विजेता पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई र नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

पुरुषतर्फ आज भएका खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३–० को सेटमा र बूढानीलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा हरायो । अर्को खेलमा ‍मणिमुकुन्द भलिबल क्लबले न्युटन भलिबल क्लबलाई ३–० लाई हराएको छ ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया