म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा

 चैत ५, २०८० सोमबार ७:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् ।

यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो । त्यस्तै उल्भ्सलाई जितेर कोभेन्ट्री सिटी सेमीफाइनलमा पुगेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया