आयरल्यान्डको 'ए' टोलीसँग टी–२० खेल्ने नेपालको टोली घोषणा

 चैत ७, २०८० बुधबार १३:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान) ले टेस्ट राष्ट्र आयरल्यान्ड 'ए' सँग खेल्ने दुई टी–२० क्रिकेट शृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्ड 'ए' सँग शृंखला खेल्न लागेको हो । खेलका लागि आयरल्यान्डको टोली नेपाल आउनेछ । टी–२० खेल कीर्तिपुर मैदानमा चैत ११ र १२ गते हुनेछ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड 'ए' बिच टी–२० हुनेछ । त्यस्तै नेपाल 'ए' ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया