राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ उपाधिका लागि आर्मी र हेल्प नेपाल खेल्ने

 चैत ९, २०८० शुक्रबार १८:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आठौँ संस्करणको राष्ट्रिय भलिबल च्याम्पियनशिपको उपाधिका लागि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र साविक विजेता हेल्प नेपाल खेल्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले अर्को  विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ ले हराउँदै फाइनल पुगेको हो ।

आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुग्यो । महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । आज भएको खेलमा न्यू डायमण्ड महिला टोलीलाई ३–१ को सेटमा हराउँदै एपीएफ तेस्रो भएको हो ।

महिलातर्फको उपाधिका लागि भोलि विभागीय क्लब नेपाल पुलिस र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया