नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल आजदेखि

 चैत १२, २०८० सोमबार ९:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – नेपाल र आयरल्याण्ड ‘ए’ (आयरल्याण्ड्स वुल्भ्स) बीचको दुई खेलको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्न लागेको हो । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

यो श्रृङ्खला खेल्ने नेपाली टिममा कप्तान रोहित पौडेल तथा अरु खेलाडीहरुमा आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् । नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ ।

नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेल्न  लागेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको श्रृंखलापछि नेपाल ए सँग ३ खेलको टी–२० र ३ खेलको एकदिवसीय श्रृङ्खला  खेल्नेछ ।

यसै श्रृङ्खलाका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ । नेपाल ए ले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–२० श्रृङ्खला  खेल्नेछ । त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय श्रृङ्खला खेल्नेछ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया