म्याच फिक्सिङ आरोपी महबुब, आदिलसहित ५ जनालाई सफाइ

 चैत १३, २०८० मंगलबार ८:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले हिजो सबैलाई सफाइ दिएको हो ।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आरोपमा दाबी नपुग्ने भन्दै स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको छ । गएको वर्ष स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । अब उनी टोलीमा फर्कन सक्ने भएका छन् ।

अनुसन्धानको क्रममा सीआइबीले १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझी गरी ५ जनालाई मात्रै मुद्दा दर्ता गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया