पाँच बङ्गलादेशी नागरिक काठमाण्डौमा पक्राउ

 चैत १३, २०८० मंगलबार १५:९:३६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – प्रहरीले भिसा अवधि सकिएपछि गैरकानुनी रुपले नेपालमा बसेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई अहिले काठमाण्डौ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास र ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बङ्गलादेशी नागरिक फरक–फरक मितिमा नेपाल प्रबेश गरी गैरकानुनी रुपले बसोबास गरेका थिए । साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

विश्वास र मियाँ यही चैत ९ गते पक्राउ परेका थिए भने अन्य तीनजनालाई हिजो पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया