नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य

 चैत १३, २०८० मंगलबार १४:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाण्डौ – दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो ।

नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड 'ए' लाई ६ विकेटले हराएको थियो । आजको खेल जितेमा नेपालले यो शृङ्खला जित्नेछ । नेपाल पराजित भएमा शृङ्खला एक/एकको बराबरी हुनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया