तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव, काठमाण्डौक...
मंसिर ८, २०८१ शनिबार
काभ्रे – जिल्ला अदालतले बेथान्चोक गाउँपालिकामा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरेको छ । अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय तथा समस्याका बारेमा समुदायसँग छलफल गर्ने उद्देश्यले अदालतले कार्यक्रमको आयोजना गरेको हो ।
अदालतप्रति रहेको अनावश्यक भ्रम निवारण गर्दै समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी तथा अदालत र नागरिकबीचको सम्बन्धमा दोहोरो सञ्चार, समुदायमा अदालतप्रतिको सरोकार र समुदायले अदालतबाट गरेको अपेक्षा, अदालतप्रतिको जनविश्वासमा अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको दाबी छ ।
कार्यक्रमका सहभागीले जिल्ला अदालतबाट सम्पादन हुने कार्यलगायत कानुनी समस्याका बारेमा जिज्ञासा तथा स्थानीयस्तरमा हुने स–साना प्रकृतिका विवादलाई छिटोछरितो रुपमा समयमै निरुपण गर्नका लागि स्थानीय तहको न्यायिक समितिले दिने न्याय र अदालतले दिने न्यायका बारेमा जिज्ञासा राखेका थिए ।
नागरिकका लागि अदालतले गर्ने सेवा प्रवाहसम्बन्धी वडापत्र, एक घण्टे सेवा, टेमप्लेट सुविधा, गुनासो सुनुवाइ, उजुरी पेटिका, न्यायाधीश भेटघाट कार्यक्रम, असहाय पक्षलाई बैतनिक वकिलको सुबिधा, दोभाषे सेवा, मेलमिलाप केन्द्र, प्रो बोनो सेवा, कोर्ट दस्तुरमा सुबिधा विषयमा जानकारी गराइएको स्रेस्तेदार कर्णबहादुर राईले बताउनुभयो । उहाँकाअनुसार न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहमा क्रमशः वर्षमा कम्तीमा तीनवटासम्म ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन हुनेछन् ।
कार्यक्रममा स्थानीय नागरिकले उठाएका जिज्ञासाका विषयमा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले नागरिकता प्राप्ति, धर्म पुत्र–पुत्री राख्न पाउने तथा उनीहरुले पाउने अधिकार, कानुनको प्रस्टता, अदालती प्रक्रिया र अदालतले उपलब्ध गराउने सेवाबारे जानकारी दिँदै अहिले प्रदान भइरहेका सेवालाई अझै प्रभावकारी गराउन प्रयासरत रहने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।