आईपीएल क्रिकेटमा चेन्नईले गुजरातलाई ६३ रनले हरायो

 चैत १४, २०८० बुधबार ६:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराएको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दिपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र एम पाथीरानाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुबेले २३ बलमा ५१ रन र रचिन रवीन्द्रले २० बलमा ४६ रन बनाए ।

यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बलमा ४६ रन बनाए । ड्यारेल  मिचेल २४ रनमा नटआउट रहे । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए । गुजरातले पहिलो खेलमा मुम्बई इडियन्सलाई हराएको थियो भने चेन्नईले रोयल च्यालेन्जर्स बेंगलूरुलाई हराएको थियो ।

आईपिएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया