गैरकानुनी रुपमा ओमानमा काम गरिरहेका नेपाली जरिवाना नतिरी स्वदेश फर्कन सक्ने

 कात्तिक २६, २०७७ बुधबार ११:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमान सरकारले कागजात अलेखबद्ध (गैरकानुनी) श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ ।

ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको हो । यसरी आफ्नै खर्चमा फर्कन चाहने अलेखबद्ध श्रमिक कात्तिक ३० अर्थात नोभेम्बर १५ देखि ३१ डिसेम्बर अर्थात पुस १६ गतेसम्ममा फर्कन सक्नेछन् ।

अलेखबद्ध भएर काम गरेको भए पनि ओमानले दिएको यो अवसरमा फर्कंदा कुनै पनि श्रम सम्बन्धी जरिवाना तिर्न नपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । यो अवसरको सदुवपयोग गर्दै तपाईँ नेपाल फर्कन चाहनहुन्छ र पासपोर्टको म्याद सकिएको छ र ट्राभल डकुमेन्ट बनाउन परेमा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

ओमान सरकारले दिएको आममाफीबारे थप जान्न परेमा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासमा श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बर सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया