महोत्तरीको बर्दिबासमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा
पुस ६, २०८१ शनिबार
सरकारले एमआरपीको साटो विद्युतीय राहदानी जारी गर्न थालेपछि राहदानी बनाउन अनेक झन्झट र सास्ती थपिएको छ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन । विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ । तर जिल्लामा भन्दा काठमाण्डौमा रहेको विभागमा राहदानी बनाउनेको सङ्ख्या ठुलो छ । बेलुका साढे चार बजेपछि निश्चित सङ्ख्यामा टोकन खुल्छ । एकै पटक आवेदन दिन खोज्नेहरू धेरै हुँदा अनलाइन प्रीइनरोलमेन्ट गर्नै सास्ती छ । काठमाण्डौमा रहेको राहदानी विभागमा यो समस्या अझ बढी छ । अनलाइनबाटै आवेदन दिएर जाँदा पनि राहदानी विभागमा त थामिनसक्नुको ठुलो भिडभाड र लाइन छ । अनलाइनमार्फत नै धेरै काम हुने भए पनि घण्टौँ लाइन लाग्नु पर्ने बाध्यता चाहिँ किन छ त ? सन्जिता देवकोटाले राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज आरणसँग कुराकानी गर्नुभएको छ ।
धेरै मानिसहरू आफ्नो जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमा नगईकन सिधै विभागमा आउने र धेरै मानिस काठमाण्डौमा बस्ने र जिल्लामा जाँदा समय लाग्छ ।
राहदानी विभागमा आएर बनायो भने राहदानी छिटै बन्छ, दुई तीन दिनमै बन्छ तर जिल्लामा धेरै समय लाग्छ भन्ने हिसाबले धेरै मानिस राहदानी बनाउन विभागमा नै आइरहनुभएको छ । यस कारण राहदानी विभागमा आउनेहरूको सङ्ख्या धेरै हुँदा भिड भएको हो ।
अहिले राहदानी विभागमा दैनिक ६ हजार ५ सय पासपोर्ट प्रिन्ट भएको छ । दैनिक २४ सय आवेदन लिन्छौँ । त्यो भनेको ठुलो सङ्ख्या हो । हाम्रो क्षमता दैनिक १५ सय आवेदनको हो । भनेसी अहिले हामीले हाम्रो क्षमताभन्दा पनि बढी बिहादेखि बेलुकासम्म सकेसम्म धेरै काम गरिरहेका छौँ ।
यो भीड घटाउनका लागि म चाहिँ के अनुरोध गर्छु भने दुई तीन दिन भित्र अत्यावश्यक परेमा मात्र राहदानी बनाउन यहाँ विभागमा आउनुहोस् । अन्य बाँकी १० दिन १५ दिनमा पनि पासपोर्ट बनाउँदा हुन्छ भने आफ्नो जिल्लामा जानु पर्यो ।
जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्न पर्यो । हामीलाई यही फारम भर्ने व्यवस्था मिलाइदिन पर्यो भनेर भन्न पर्यो । किनभने जिल्लामा सजिलो सस्तो बन्छ । ५ हजारमै बन्छ । यहाँ त १२ हजार लाग्छ । यहाँ ७७ वटै जिल्लाका मानिस आउने भएकाले धेरै हुन्छ ।
नगरेको होइन नि । अहिलेसम्म चार लाख २५ हजार विद्युतीय राहदानी प्रिन्ट भइसक्यो । यो ठुलो सङ्ख्या हो । अब चाहिँ विभाग सँगसँगै जिल्ला प्रशासन कार्यालयमा पनि राहदानीको आवेदन लिने क्षमता बढाउन आवश्यक छ । अनि मात्र यहाँको भिडभाड केही कम होला ।
प्रत्येक दिन हामीले प्रि इनरोलमेन्टको लागि साढे चार बजे समय खुलाउँछौँ । दैनिक २४ सयको लागि खुलाउँछौँ तर त्यहाँ नौ दश हजार जतिले प्रयास गरिरहनुभएको हुनसक्छ । त्यसैले पनि प्रि इनरोलमेन्टको फारम भर्न कहिलेकाहीँ समस्या हुने गर्छ । तर अहिले त्यस्तो छैन ।
यो यस्तो हो हामीले दैनिक २४ सय जनाको टोकन खुलाउँछौँ । जसमा १० हजार जनाले एकै पटक अप्लाइ गर्न खोजेको हुनसक्छ । अनि धेरैको बुझाई के छ भने जिल्लामा भर्नेले पनि राहदानी विभागबाटै भर्ने र राहदानी विभागले नै कन्ट्रोल गर्छ भन्ने छ । तर जिल्लाको कहिले खुलाउने, कति सङ्ख्यामा खुलाउने भन्ने कुरा राहदानी विभागले हेर्दैन । त्यो सम्बन्धित जिल्ला प्रशासन कार्यालय नै गर्ने हो ।
खाली राहदानी विभागको मात्र राहदानी विभागले गर्छ । राहदानी विभागले प्रत्येक दिन साढे ४ बजे २४ सय जनाको लागि खुलाउँछौँ । हामीले त्यहाँ भन्दा बढी खुलाउन सक्ने अवस्था छैन । त्यहाँभन्दा बढी खुलाउन नसक्ने हुँदा नागरिकहरूलाई केही समस्या भएको होला ।
तपाईँले भनेकोजस्तो समस्या पहिले समस्या थियो । तर अहिले समस्या छैन । अहिले हामीले सिस्टममा सुधार गरेका छौँ । अहिले मिति र समय बुक गरेपछि मात्र आवेदन भर्न मिल्ने व्यवस्था गरेका छौँ ।
पहिला चाहिँ विवरण भर्ने अनि मात्र समय लिने हुँदा समस्या भयो भनेर नै हामीले सिस्टममा सुधार गरेका हौँ । राहदानी विभागले अहिले दैनिक २४ सय जनाको लागि खुलाउँछ । त्यो २४ सय जनाको कोटा फुल भएपछि मात्र हो फुल भनेर देखाउने ।
एउटा निश्चित समय तोकिदियो भने नागरिकलाई त्यही समयको बारेमा जानकारी होस् र त्यो समयमा भर्न सक्नुहोस् भनेर हो । नत्र जुन पनि समयमा गर्दा त नागरिकले थाहा नपाउलान् र समस्या होला भनेर नै हो ।
अब यस्तो छ दिउँसो ३ बजेको समय छ । तर बिहान ७ बजे नै विभाग आउनुभयो भने त समय जति पनि लाग्यो । तर यदि ४ बजे समय लिएको मानिस ४ बजे नै आउनुभयो भने उहाँको एक घण्टा भित्र सबै का सकिन्छ । तर यहाँ त दिउँसो ४ बजे समयको भएको मानिस पनि बिहान ७ बजे नै आइसक्नुभएको हुन्छ ।
अब उहाँहरूलाई तपाईँहरू नबस्नुस् गइदिनुस् भन्दा पनि आइसक्यौँ अब जाँदैनौँ भन्ने अथवा बाहिरबाट आएका हौँ जाने ठाउँ नै छैन कहाँ जाने बरु यतै बस्छौँ भन्नुहुन्छ । अनि अर्को चाहिँ मानिस साथ लागेर आउने ।
एक जनाको राहदानी बनाउन छ भने तीन जना आउने गर्नुहुन्छ । त्यसले गर्दा पनि बाहिर भिड देखियो नि त ।
त्यसैले सबैले आफ्नो डेट र टाइमलाई ख्याल गर्नुभयो भने यो समस्या नै आउँदैन । भेरिफिकेसनबाट प्रक्रिया सुरु भएपछि यहाँ एक घण्टाभन्दा बढी समय लाग्दैन ।
हो । चार बजे समय दिएको मानिस कोही पनि यहाँ ४ बजे आउनुहुन्न । बिहानदेखि आएर कुरेर बस्नुहुन्छ । त्यसो गर्नै पर्दैन । आफ्नो समयमा आउने हो भने यहाँ समस्या हुँदैन । अहिले गुनासो के छ भने यति घण्टा लाइन लाग्न पर्यो । तर त्यो होइन नि त । आफ्नो समयमा आउन पर्यो । बिहानदेखि आएर त अर्थै छैन नि ।
हामीले यहाँ बिहान ७ बजे नै आए पनि उहाँको समय दिउँसो ४ बजे तोकिएको छ भने त्यो समय नभई उहाँलाई हामी सेवा दिँदैनौँ । तोकिएको समय अनुसार सबैलाई सेवा दिँदै गएसी उहाँको जति बेला तोकिएको छ समय त्यही बेला मात्र पालो आउँछ ।
त्यो चाहिँ अनलाइन आवेदन भर्दा पनि आफ्नो कुन मितिमा कति बजे समय छ भनेर ख्याल गरेर त्यो समयमा मात्र आउन पर्यो । अब बिहान ७ बजेदेखि आउनुहुन्छ अनि कसैले सोध्यो भने उहाँले भन्नुहुन्छ कि म बिहान ७ बजेदेखि आएको मेरो पालो नै आएको छैन ।
राहदानी बनाउने भनेपछि राहदानी विभागले नै बनाउने हो भन्ने रहेछ । जबकि राहदानी विभाग त एउटा युनिट मात्र हो । ९४ युनिट त जिल्लामै छन् नि । १७ इलाकासहित ७७ जिल्ला प्रशासन कार्यालयमार्फत अहिले विद्युतीय राहदानी जारी हुन्छ ।
विभाग भनेको त जसरी आजको भोलि नै राहदानी चाहिन्छ उहाँहरूका लागि दिनमा यसो अति आवश्यक परेकाहरूलाई मात्र सेवा दिने भन्ने कन्सेप्ट हो नि त । तर भइदियो के भने त्यहाँ नजाने, अनि जिल्लामा क्षमता पनि नबढेको अवस्था र सबै जना यहाँ विभागमा आउने गर्दा भिड भयो । नागरिकलाई सेवा लिन समस्या भयो ।
अब के छ भने जिल्लामा पनि क्षमता बढाउनै पर्छ । परराष्ट्र मन्त्रालयमार्फत गृहमा हामीले भनिरहेका छौँ । तपाईँहरू मिडियाले पनि यो कुरा उठाइदिनुहोस् ।
यस्तो रहेछ । मानिसको काठमाण्डौमै आउने धेरै उद्देश्यहरू हुन्छन् । राहदानी बनाउने, म्यानपावर बुझ्ने, भिसा बुझ्ने, टोफेल आईएलटिएस गर्ने, उपचार गर्ने लगायत धेरै कुराहरू जोडिएको हुन्छ जसको कारण काठमाण्डौमा आउनेको सङ्ख्या बढी हुन्छ ।
अहिले पनि आम बुझाई के छ भने जिल्लामा लामो समय लाग्छ र काठमाण्डौमा आउँदा छिटो हुन्छ भन्ने रहेछ । त्यसले गर्दा राहदानी विभागमा आउने अनि आइसकेपछि कहाँ फर्केर जाने त भन्ने हुन्छ । त्यसले गर्दा पनि यहाँ भीड ।
अनि अर्को चाहिँ काठमाण्डौ उपत्यकामा पनि धेरै मानिस जिल्ला बाहिरको बस्नुहुन्छ नि त । अनि राष्ट्रिय परिचय पत्र पनि यही बन्छ । अनि जिल्लामा पासपोर्ट बनाउन चाहिँ किन जाने दोहोरो खर्च गर्न भन्ने हुने रहेछ ।
अहिले राहदानी विभागले धेरैभन्दा धेरै सेवा दिइरहेको छ । जसले गर्दा धेरै मानिसले काठमाण्डौबाटै राहदानी सजिलै बनाउन सक्नुहोस् भन्ने छ । धेरैले बनाइसकेपछि माग पूरा होस् र सङ्ख्या घट्दै जाओस् भन्ने कुरा भयो एउटा । अर्को भनेको बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म औपचारिक रूपमै कार्यालय नै खुलाएका छौँ ।
विगतमा सरकारले हप्तामा दुई दिन बिदा दिँदा आइतबार पनि खुलेको कार्यालय यही होइन र ? हामीले पनि साह्रै भीड बढ्यो १५ सयलाई मात्र सेवा दिऔँ भनेर गर्न सकिन्छ नि । त्यो गर्न हुँदैन । नागरिकलाई बढीभन्दा बढी सेवा दिनपर्छ नागरिक पनि कहाँ जाने भन्दा भिड देखिएको हो ।
त्यसको अपजस हामीले भोगिरहेका छौँ । त्यो रियालिटी कसैले बुझ्दै । यहाँ त के छ भने १० हजार आए पनि राहदानी विभागले सेवा दिन पर्छ । १० हजार जना आउनुहोला राहदानी विभाग एक्लैले सक्दैन भनेर त जिल्लाबाट पनि राहदानी बनाउने व्यवस्था गरिएको हो नि । जिल्लामा उहाँहरू जानुहुन्छ भनेर त ७७ जिल्ला प्रशासन कार्यालय र १७ इलाका राखेको हो नि ।
अहिले त जिल्लाबाट पनि नागरिकले सजिलै विद्युतीय राहदानी लिन सक्नुहुन्छ । नजिका जिल्लामा एक सातादेखि १० दिनमा र टाढाका जिल्लाले दुई हप्तामा अहिले राहदानी पाउने अवस्था छ । काठमाण्डौ ललितपुर र भक्तपुरलाई त हामी हप्ताको दुई पटक प्रिन्ट गरेर पठाउँछौँ । तर जिल्लामा अहिले जुन क्षमता छ त्यसलाई डबल गर्न पर्छ ।
हो यो भन्दा बढी हामीले गर्न सक्ने ठाउँ नै छैन । गएर हेर्नुहोस् न । मानिस उभिने ठाउँ छैन । मानिस बस्ने ठाउँ त चाहियो नि । खै छैन । ठाउँ नभएर अहिले गाडी पार्किङ गर्ने ठाउँमा अण्डरग्राउण्डमा मानिस पार्किङ गरिरहेको अवस्था छ । वातावरण र स्वास्थ्यको हिसाबले तल अण्डरग्राउण्डमा मानिस राख्न मिल्छ । मिल्दैन नि । सेवाग्राही आइसक्नुभयो त के गर्ने । उहाँहरूलाई जानुस् भनेर जाने अवस्था पनि त छैन ।
फेरि फारम नै भर्न पाइएन भनेसी हामीले २४ सय खोलेको हो नि । नेपाल सरकारका अरु निकायले यस्तो हाम्रो योभन्दा बढी क्षमता छैन भनेर बन्द गरेका छैनौँ हामीले । त्यो तपाईँहरूले सुन्नुभएको छ त छैन नि । हामीले पनि २४ सय किन खोल्न पर्यो दैनिक कोटा । एक हजार जनाको लिन पनि सक्छौँ नि । तर बढीभन्दा बढी सेवा दिन खोज्दा भिड बढेको त हो नि ।
अहिले मात्र होइन एमआरपीमा पनि २०१४ तिर योभन्दा बढी भिड थियो । सन् २०१५ र २०१६ मात्र मात्रै २५ लाख पासपोर्ट जारी भएको छ । म त त्यो बेला पनि निर्देशकको रूपमा राहदानी विभागमै थिएँ । त्यो बेलाको दाँजोमा त अहिले अझ कम हो ।
त्याे बेलामा जिल्लाबाट राहदानी पाउन त ४५ दिन लाग्थ्यो । अहिले त त्यो समस्या छैन नि । तर अहिले यो भिड बढ्नुमा चाहिँ लामो समयको कोरोनाको कारण पनि हो । अहिले वैदेशिक रोजगारीको अवसर पनि खुलेको छ । अहिले भ्रमणको ट्रेन्ड पनि बढेको छ ।
अहिले हेर्ने हो भने वृद्ध वृद्धा र नाबालकको पनि राहदानी त्यत्तिकै सङ्ख्यामा जारी भइरहेको छ । यस्तै पढ्न जानेहरू पनि अहिले बढेका छन् । अहिले जे को लागि पनि पासपोर्ट खोज्छ । डिभी भर्न होस् या आईएलटिएस, टोफेल गर्न होस् ।
यतिसम्म कि भारत जानको लागि पनि सजिलो हुन्छ भनेर पासपोर्ट बनाउनेहरू छन् । डिमाण्ड एकदमै बढ्दो छ । विदेश जानेहरू बढ्दो क्रममा छन् । त्यो हिसाबले अहिले भिड स्वभाविक पनि हो ।
यसको उपाय भनेको हामीले अत्यधिक काम गरिरहेका छौँ र अझैँ हामी यो क्षमतालाई बढाउँछौँ । छिटोभन्दा छिटो पासपोर्टलाई जिल्लामा पठाउने गरेका छौँ । जिल्लामै क्षमता बढाउनु पर्छ र जिल्लाबाटै राहदानी पाउनुपर्छ । तर त्यहाँ पनि ह्युमन रिसोर्स कम छ ।
त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा कुराकानी र छलफल भइरहेको छ । अझैँ थप हुन्छ । अब जिल्ला प्रशासन कार्यालयको आवश्यकता अनुसार गृहले निर्देशन गरेर ह्युमन रिसोर्स बढाउन पर्छ । त्यसमा पनि अहिले जति गरिरहेको छ त्यसको दुई गुणा बढाउन पर्छ । जिल्ला प्रशासन कार्यालयको आवश्यकता अनुसार जनशक्ति परिचालन गरेमा अहिलेको समस्या समाधान हुन्छ ।
अहिले कस्तो छ भने काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा तीन वटा इनरोलमेन्ट स्टेसन छ । जसबाट एक दिनमा तीन सय जनालाई सेवा दिन सकिन्छ ।
तर अपोइन्टमेन्ट सय जनाको मात्र खुलाइदिन्छ । त्यसरी समाधान निस्कँदैन । त्यहाँ त कम्तीमा तीन सय नै खुलाउन पर्यो नि । भक्तपुर ललितपुरले पनि दिनमा दुई सय जनालाई सेवा दिन पर्यो नि त । यति नगर्दा सम्म त कहिले पनि समस्याको समाधान हुँदैन । राज्यका जति पनि निकाय छन् नि ती सबैले सकेसम्म धेरै गर्न पर्यो । अहिले एक सयलाई सेवा दिनेले दुई सय गर्न पर्यो ।
हाम्रो क्षमता १५ सयको हो तर हामीले त २४ सय जनालाई सेवा दिइरहेका छौँ त । बिदाको दिन पनि हामी सेवा दिन तयार छौ । दिएको पनि हो । त्यस कारण यो तत्परता नेपाल सरकारका सबै निकायमा हुन पर्यो ।
एउटै निकायबाट त्यो सम्भव छैन । त्यस कारण जिल्लाबाट पनि क्षमता बढाउन पर्यो र यहाँबाट पनि क्षमता बढाउन पर्यो । यति गरेपछि अहिले भइरहेको समस्याको समाधान गर्न केही गाह्रो छैन ।
नागरिकलाई म के भन्छु भने छिट्टै सहज हुन्छ । त्यस कारण जसलाई अति आवश्यक परेको छ उहाँले मात्र अहिले अप्लाइ गर्नुहोस् । जसलाई अहिले राहदानी अति आवश्यक छैन उहाँले केही समय कुर्नुहोस् । दोस्रो कुरा भनेको आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिनुहोस् ।
त्यहाँ क्षमता बढेको छैन भने बढाउनका लागि तपाईँहरू पनि अनुरोध गर्नुहोस् । अर्को अति नै आवश्यक कुरा भनेको अनलाइन फारम भरेपछि फारममा तोकिएको मिति र समयमा मात्र आइदिनुहोस् । ३ बजेको समय छ भने बिहान ९ बजेदेखि लाइन लागेर यो भएन त्यो भएन भनेर गुनासो नगर्नुहोस् ।
चाँडो म कार्यालयको गेटमा पुग्न पाएँ मेरो समय चाँडो आउँछ भनेर नसोच्नुहोस् । विभागमा भिड हुन्छ । यहाँ आएर अनावश्यक समय बरबाद नगर्नुहोस् । २४ सय नयाँ बनाउन आउने, २४ सय बनेको पासपोर्ट लिन आउने र बाँकी दुई चार सय अति आवश्यक डेट सार्दिनु भनेर आउने गर्दा ५ हजार मानिस भनेको कति हुन्छ तपाईँ आफैँ बिचार गर्नुहोस् ।
त्यसमाथि तपाईँहरूले नै साथी लिएर आउनुभएकाहरुको पनि अर्को सङ्ख्या हुन्छ । यहाँ ठाउँ नै हुँदैन । त्यस कारण राहदानी बनाउन सम्बन्धित मानिस मात्र आउनुहोस् ।
पासपोर्ट भनेको जति बेला आवश्यक पर्छ त्यति बेला बनाउँदा हुन्छ । आवश्यक छैन भने केही समय पर्खनुहोस् । पासपोर्टको म्याद नै सकिए पनि आफूलाई जति बेला चाहिन्छ त्यति बेला नवीकरण गर्नुहोस् ।
किनभने सवारी चलाक अनुमति पत्र जस्तो यसमा नवीकरण नगर्दा पनि जरिबाना लाग्दैन । त्यस कारण यी कुराहरू बुझेर मात्र राहदानी बनाउनुहोस् भनेर म अनुरोध गर्न चाहन्छु ।