साफ महिला च्याम्पियनशिप नेपालमा हुने

 जेठ २१, २०८१ सोमबार १८:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ । सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनशिप २०२४ को आयोजक स्वीकृत गरेको हो । प्रतियोगितामा साफका सात वटै देशको सहभागिता रहने छ । प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा हुने तय भएको छ ।

यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो । त्यो संस्करणमा नेपाल फाइनलमा बङ्ग्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ ।

यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन् ।

यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया