किर्गिस्तानमा विद्यार्थी लक्षित आक्रमण

 जेठ ५, २०८१ शनिबार १२:५:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

किर्गिस्तानको राजधानी शहर बिस्केकमा विद्यार्थीलक्षित आक्रमणको घटना सार्वजनिक भएको छ । छात्रावास बाहिर भएको हिंसात्मक घटनापछि भारत र पाकिस्तानले आफ्ना विद्यार्थीलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिस्केकमा रहेका आफ्नो देशका विद्यार्थीको सुरक्षाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले विद्यार्थीलाई हरसम्भव सहयोग गर्न दूतावासलाई निर्देशन दिनुभएको छ । हिजो सामाजिक सञ्जालमा आएका केही पोष्टमा आक्रमणमा परी तीन जना पाकिस्तानी विद्यार्थी मारिएको दाबी गरिएको छ । तर यसको अहिलेसम्म आधिकारीक पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी दूतावासले मे १३ तारिखमा किर्गिज र इजिप्टका विद्यार्थीबीच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा आएको जनाएको छ । यो भीडले भारत, पाकिस्तान र बङ्गलादेशका विद्यार्थी बसोबास गर्ने बिस्केकका छात्रावास र होस्टेललाई निशाना बनाएको खबरमा उल्लेख छ । पाकिस्तानपछि भारतले पनि किर्गिस्तानमा बस्ने आफ्ना विद्यार्थीलाई बाहिर ननिस्कन निर्देशन दिएको छ ।

विदेशमन्त्री एस जयशंकरले विद्यार्थीलाई दूतावाससँग नियमित सम्पर्कमा रहन सल्लाह दिनुभएको छ । किर्गिजस्तानमा रहेको भारतीय दूतावासले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा आफूहरु विद्यार्थीसँग सम्पर्कमा रहेको र अहिले अवस्था शान्तिपूर्ण रहेको जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया