आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै

 जेठ ११, २०८१ शुक्रबार १०:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ । आजको खेल जित्नेले उपाधीका लागि कोलकातासँग खेल्ने छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया