कोपा अमेरिकामा उरुग्वे र अमेरिकाको विजयी शुरुवात

 असार १०, २०८१ सोमबार ११:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – कोपा अमेरिकी फुटबल–२०२४ मा उरुग्वेले पानामालाई हराउँदै विजयी शुरुवात गरेको छ । आज बिहान भएको समूह 'सी'को दोस्रो खेलमा उरुग्वेले पानामालाई ३–१ गोलले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डार्विन नुनेज र माटियास विनाले समान एक गोल गरे । पानामाको लागि भने माइकल अमिरले मात्र एक गोल गर्न सके । यो जितसँगै तीन अङ्कका साथ उरुग्वे समूह 'सी' को शीर्ष स्थानमा रहेको छ । पानामा भने तेस्रो स्थानमा छ ।

यसैबीच आजै भएको समूह 'सी'को पहिलो खेलमा घरेलु टोली अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको छ । टेक्सासमा भएको खेलमा अमेरिकाका क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले समान एक गोल गरे । अमेरिका तीन अङ्कका साथ दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया