युरोकप फुटबलमा अष्ट्रिया, इंग्ल्यान्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

 असार १२, २०८१ बुधबार ६:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – युरोकप फुटबलमा समूह 'डी' को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले पहिलो हाफमा डोनिएल मालेनको गोल उपहार पाएको थियो। दोस्रो हाफमा रोमानो स्मिथ र मार्सेल सबिट्जरले गोल गरे। नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेपनि जित दिलाउन सकेनन्।

तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अङ्कसहित समूह विजेता बनेको छ । यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह 'सी' अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेले । यससँगै इंग्ल्यान्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ । दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया